नियम १२
स्थानीय समन्वय तथा अनुगमन समिति
(१) कोषद्वारा सञ्चालित कार्यक्रमको समन्वय तथा अनुगमनको लागि प्रत्येक स्थानीय तहमा देहाय बमोजिमको एक स्थानीय समन्वय तथा अनुगमन समिति रहनेछः- (क) सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत -अध्यक्ष (ख) उच्चमशिलतामा क्रियाशील युवामध्ये सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले तोकेको कम्तीमा एक जना महिला र दलित सहित तीन जना “सदस्य
(ग) स्वरोजगार सहजकर्ता -सदस्य-सचिव (२) उपनियम (१) बमोजिमको समितिको सचिवालय सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको कार्यालयमा रहनेछ।
(३) उपनियम (१) बमोजिमको समितिको बैठक वर्षको कम्तीमा तीन पटक बस्नेछ र बैठकमा आवश्यकता अनुसार विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
(४) उपनियम (१) बमोजिमको समितिको बैठकको निर्णय अध्यक्षता गर्ने व्यक्ति र सदस्य- सचिवले प्रमाणित गर्नेछन्‌ ।
(५) उपनियम (१) बमोजिमको समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।